एनएमबि माइक्रोफाइनान्सको मुनाफामा ५२ प्रतिशतले वद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि माइक्रोफाइनान्सको मुनाफामा ५२ प्रतिशतले वद्धि



काठमाडौं ८ साउन । एनएमबि माइक्रोफाइनान्स बित्तिय संस्थाले आर्थिक वर्षको २०७३र७४ को चौथो त्रैमासमा मुनाफा ५१ दशमलव ९९ प्रतिशतले वद्धि गरी ४ करोड ५३ लाख रुपैयाँ कमाएको छ । जबकि गत वर्षको सोहि अवधिमा मुनाफा २ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएमबि माइक्रोफाइनान्सले जगेडा कोषमा १० करोड ५८ लाख रपैयाँ राखेको छ । जगेडकोष बढ्दै जानु भनेको नै कम्पनी अझै सबल र सक्षम हुनु हो । बैंकले आफ्नो जगेडा कोषलाइ पनि वृद्धि गरेको देखिन्छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनामा १ सय ०९ प्रतिशतले वृद्धि गरी ४० करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा पनि ९३ दशमलव ८५ प्रतिशतले वृद्धि १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । एनएमबि माइक्रोफाइनान्सले कर्जामा वृद्धि गरे संगै आफ्नो खुद व्याज आम्दानीमा ६५ दशमलव ०६ प्रतिशतले बढेर १३ करोड ७६ लाख कमाएको छ । त्यसैगरी सञ्चालन मुनाफामा ५४ दशमलव ३४ प्रतिशतले बढेर ७ करोड १० लाख रुपैयाँ पुगेको छ । एनएमबि माइक्रोफाइनान्सले १ करोड ५३ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ ।

एनएमबि माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत रहेको छ भने पूँजीकोषको अनुपात १२ दशमलव १९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ७० दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९३ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात १५ दशमलव ३७ प्रतिशत रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०३:०६