बिपी राजमार्ग जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिपी राजमार्ग जोखिममा



बनेपा । ढुंगा खानी र क्रसर उद्योगहरू जथाभाबी सञ्चालन हुनाले बिपी राजमार्ग जोखिममा परेको छ। राजमार्गको क्षमताभन्दा बढी ढुंगा–गिट्टी बोकेर गाडी गुड्दा ठाउँ–ठाउँमा भत्किएर खाल्डाखुल्डी बनेका छन्। यस्तै, राजमार्ग छेवैमा नियमविपरीत ढुंगा खानी र क्रसर उद्योग चलिरहेका छन्।

‘क्रसरका कारण सडकको सुन्दरता गयो। सडकसमेत जोखिममा पर्योल,’ कुशेश्वर दुम्जाका विनोद कोइरालाले भने, ‘राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने एक मात्र वैकल्पिक राजमार्ग बढी भारका सवारी साधन गुडेकैले बिग्रेको हो।’

स्थानीय मात्रै नभई बिपी राजमार्ग हुँदै सिन्धुलीसम्म आउजाउ गर्ने यात्रुले दायाँबायाँ सञ्चालित ढुंगाखानी र क्रसरमा भइरहेको काम र बढी भारका टिपर देखेर कोइरालाले जस्तै प्रतिक्रिया दिने गरेका छन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रकाशित : ३१ असार २०७२, बिहीबार ०२:३७