चूडामणिको मुद्दा : भ्रष्टाचारको मिसिल झिकाउन आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चूडामणिको मुद्दा : भ्रष्टाचारको मिसिल झिकाउन आदेश



काठमाडाै ८ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

शर्माकी पत्नी कल्पना शर्मा उप्रेतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको आइतबार पूर्ण इजलासमा सुनुवाई भएको थियो । न्यायाधीशहरु अनिलकुमार सिन्हा, शारदाप्रसाद घिमिरे, दीपककुमार कार्की, दीपकराज जोशी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले मिसिल भ्रष्टाचार मुद्धाको मिसिल झिकाउन आदेश दिएको हो ।

कर फछ्र्यौट आयोगमार्फत शर्माले १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष तदालतमा मुद्धा दायर गरेको थियो ।

कर फर्छ्यौट आयोग अर्धन्यायिक वा प्रशासनिक निकाय भएको यकिन तथा आयोगका काम कारबाही अख्तियारको क्षेत्रधिकार भए या नभएकोमा संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले दिएको थियो। सुनुवाई गर्ने क्रममा सर्वोच्च अदालतले विशेष अदालतलाई मुद्दा यथास्थितिमा राख्न पनि यसअघि आदेश दिएको थियो ।

 

प्रकाशित : ८ श्रावण २०७४, आईतवार १०:१७