सिद्धार्थ इन्स्योरेन्सको ८ हजार कित्ता शेयर लिलामाीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको ८ हजार कित्ता शेयर लिलामाीमा



काठमाडौं, साउन ९ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले हकप्रदमा बिक्री नभएको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले साधारण समुहको ७ हजार ५ सय ८३ कित्ता र संस्थापक समुहको ३ सय ६७ कित्ता गरी जम्मा ८ हजार ३ सय ८० कित्ता शेयर बोलकबोल मार्फत लिलाममा बिक्री गर्न लागेको हो ।

बोलकबोल मार्फत शेयर बिक्रीका लागि कम्पननीले साउन १६ गते शिलबन्दी बोलपत्र आव्हान गरेको छ । कम्पनीको शेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँमा तोकिएको भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गनुपर्ने हुन्छ । जसको समय साउन १६ गतेदेखि २३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिट लिमिटेड रहेको छ ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०४:५१