कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद खुल्यो



काठमाडौं,९ साउन  । कन्काई विकास बैंक लिमिटेडको एक बराबर २.१४ अर्थात् २१४ प्रतिशत हकप्रद शेयर साउन ९ देखि निष्काशन भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँ बराबरको  ३२ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकको हकप्रदमा असार १८ गतेसम्म कायम शेयरधनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म आवेदन दिनसक्ने छन् ।

बैंकले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायाणचौर नक्साल, सिद्धार्थ बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालय साथै कन्काई विकास बैंकको झापा दमक काकडभिट्टा, बिर्तामोड, झिलझिले, गौरादह र राजगढमा मोरङ जिल्लााको पथरी, ख्रोसनि र विराटनगर र इलाम जिल्लााको राँके, मंगलबारे र विब्ल्याँटेबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०६:४८