इजीलिंक रेमिट्यान्सको सेवा अब साइप्रसबाट पनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इजीलिंक रेमिट्यान्सको सेवा अब साइप्रसबाट पनि



काठमाडाै ९ साउन । “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवा साइप्रसबाट पनि शुरु गरेको छ ।

२० भन्दा धेरै शाखा संजाल भएको साइप्रसको मसारि मनीट्रान्सफर कम्पनीसँग सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा इजीलिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल र मसारि मनीट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक इस्सा अबु इता ले हस्ताक्षर गरे ।

यो सम्झौतापछि अब साइप्रसमा भएका नेपालीहरुले सहज रुपमा मसारि मनीट्रान्सफर को २० भन्दा धेरै काउण्टरहरुबाट नेपाल पैसा पठाउन सक्नेछन् भने नेपालभरि रहेका इजीलिंक रेमिट्यान्सको ४५०० भन्दा धेरै एजेन्टहरु मार्फत आफुलाई पायक पर्ने स्थानबाट भुक्तानी लिन सकिने भएको छ ।

सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनाल ले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिनुभयो ।

इजी लिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी जापान लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ । इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको प्रबन्धक खनालले जानकारी गराए ।

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ४५०० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनाल ले जानकारी गराए ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार १३:१८