हाउस वाइफका लागि ६ बिजनेस अाइडिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हाउस वाइफका लागि ६ बिजनेस अाइडिया



लेखक

अाजकल धेरै अनलाइन लेखनका बारेमा धेरै अवसरहरु अाएका हुन्छन। अहिलेको विश्व प्रविधीका कारण निकै साघुर बन्दै गएको छ । विदेशमा रहेका केही अनलाइन न्यूज पोर्टल र नेपालमा पनि केहीले अनलाइन राइटरको खोजी गर्न थालेका छन ।  वेबसाइटको लागि कन्टेन,रिसर्चको लागि राइटर र बुक लेख्नको लागि लागि लेखक अादी काममा तपाईको रुची भए इन्टरनेटको सहयोगको माध्यमबाट  घरमा बसेर नै राइटिङ्गको काम गर्न सक्नु हुन्छ । यसमा तपाइले कुनै पनि भाषामा तपाइले अाफ्नो कला पस्कन सक्नु हुन्छ ।

 

सिलाइ बुनाइ

तपाइ सिलाइ बुनाइको तालिम लिनु भएको छ र यसमा तपाइको रुची छ भने सहज हिसाबले बिजनेस सुरु गर्न सक्नु हुन्छ ।  यसका लागि तपाईले अाफुलाई अावश्यकता अनुसार कार्मचारी राखेर पनि यो व्यवसाय गर्न सक्नु हुन्छ । साथै यो बिजनेसलाई अलग हिसाबले अगाडी बढाउन चहानु हुन्छ भने  गार्मेन्ट र कपडा कम्पनीसंग टाइअप समेत गर्न सक्नु हुन्छ ।

 

डान्स  क्लास

तपाईलाई नाच्ने शाैख छ ?  र  तालिम समेत लिइसक्नु भएको छ भने घरमा नै डान्स ट्रेडिङ्ग कक्षा सञ्चालन गर्न सक्नु हुन्छ ।  अाजभोली  हरेक मान्छे नाच सिक्ने चहाना राख्छ । खास गरि  बच्चाको लागि नाच धेरैनै जरुरी हुन्छ । तपाइको घरमा सुहाउदो स्थान छ भने  यो कक्षा सुरुवात गरिहाल्दा राम्रो हुन्छ । सानो सानो तरिकाले सञ्चालन गर्न सके भविष्यमा यसको विस्तार व्यापक बन्छ ।

व्युटी शैलुन

अाजभोली जो कोही फेसन कन्सनस छन  बिशेष गरि महिला । तपाईको रुची मेकअप र हेयर कटमा छ भने  अाफ्नो घर वा घर पायक पर्ने स्थानमा नै यो व्यवसाय सुरु गर्न सक्नु हुन्छ ।  यस क्षेत्रमा भएक ज्ञानको बारेमा तालिम दिएर पनि व्युटी शैलुनबाट राम्रो अाम्दानी गर्न सक्नु हुन्छ ।

रेष्टुरेन्ट

तपाई खाना वनाउन शैखिन हुनु हुन्छ ?  वा अलग अलग डिशमा तपाईले स्वादको जादु दिन सक्ने र लोभ्याउने क्षमता भए टिफिन सेन्टर या  रेष्टुरेन्ट खोल्न सक्नु हुन्छ । यसमा शुरुअात भने एकलै गर्नुस ।  अाखिर तपाईलाई जरुरी भए कामदार पनि राख्नुस  त्यसमा तपाईलाई पुर्ण सहयोग होस ।

ट्यूशन

यदि तपाइ पढ्ने र पढाउनेमा रुची राख्नु हुन्छ भने घरमा नै बसेर  विधार्थीहरुलाई ट्यूशन पढाउन सक्नु हुन्छ । ट्यूशन कुनै पनि बिषयमा दिन सकिन्छ । तर त्यसमा तपाईको क्षमता हुन जरुरी छ । अहिले धेरैका अविभावकहरु बच्चालाई समय दिन नसक्दा ट्यूशन पढाउन खोजि गरिरहेका हुन्छन । यसलाई तपाईले सहि तरिकाले क्यास गर्न सके केही समय दिएर अाम्दानी गर्न सक्नु हुन्छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०२:४९