एन आई सी एशिया बैंकद्वारा वृक्षरोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन आई सी एशिया बैंकद्वारा वृक्षरोपण



काठमाडौं,१० साउन  । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा वृक्षारोपण गरेको छ । करिब ३०० विरुवाहरुको वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याएको बैंकको दाबी छ ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण गर्दै आएको छ । आगामी दिनमा पनि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने बैंकले जनाएको छ ।

बैंकले हालसम्म करिब ८००० विरुवाहरुको वृक्षरोपण गरेको जनाएको छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०५:२७