प्रभु ग्रुपको ई–शिक्षा पोर्टल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु ग्रुपको ई–शिक्षा पोर्टल



काठमाडौं, १० साउन। प्रभु ग्रुपले ई–शिक्षा अनलाइन पोर्टल नेपालमा ल्याएको छ । भारतलगायत अन्य तीन देशमा सफल भइसकेको ई–शिक्षा पोर्टल भारतीय युवा प्रतिनिधिको सहकार्यमा नेपाल भित्र्याइएको हो ।

ई–शिक्षा अनलाइन शिक्षा प्रणाली हो । ई–शिक्षा डटकम वेबसाइट रहेको उक्त पोर्टल नेपालमा अनलाइन शिक्षाका लागि बहुउपयोगी हुने जनाइएको छ । ई–शिक्षा डटकम तथा मोबाइल एपका माध्यमबाट विद्यार्थीको सबै सूचना एउटै एप तथा साइटमा उपलव्ध हुने बताइएको छ । पोर्टलको प्रयोगसँगै असाइन्मेन्ट, एटेन्डेन्स, लाइबेरी, रिजल्ट सबै एकै एपमा उपलब्ध हुने भएको हो ।

पोर्टलको प्रयोगले शैक्षिक निकाय तथा कर्मचारीलाई कार्यभार कम हुने तथा उत्पादनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

पोर्टल लन्च कार्यक्रममा बोल्दै प्रभु म्यानेजमेन्टकी सीईओ कुसुम लामाले नेपालका अधिकांश प्रविधिमैत्री नभएको अवस्थामा पार्टको माध्यमबाट शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन सकिने बताइन ।

समूहले नयाँ प्रविधीलाई उपत्यकासहित गाउँ–गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ । विद्यालय तथा समग्र शैक्षिक क्षेत्रलाई डिजिटल बनाउने समूहको लक्ष्य छ । कार्यक्रममा बोल्दै प्रभु बैंकका सीईओ अशोक शेरचनले यस कार्यक्रममार्फत् बैंकको सामाजिक उत्तरदायित्वको काम गर्ने बताए ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०६:०८