मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं, साउन ११ । मुक्तिनाथ विकास बैंक लिमिटेडले लगानीकर्तालाई १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हकप्रदको लागि साउन २० गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।। बैंकको साउन १० गते बसेको संचालक समितिको १७६ औं बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०७:४१