मर्चेन्ट बैङ्करको अनुमतिपत्रको आवेदन प्रक्रिया फेरि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मर्चेन्ट बैङ्करको अनुमतिपत्रको आवेदन प्रक्रिया फेरि खुला



काठमाडौं १२ साउन ।नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैङ्कर संचालन अनुमतिपत्रको आवेदन प्रक्रिया फेरि खुला गरेको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली संशोधन गरेर मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार र चुक्ता पूँजी बृद्धि गरेपछि नयाँ लाइसेन्स खुला गरेको हो ।

धितोपत्र बोर्डले विगत नौ महिनादेखि नयाँ मर्चेन्ट बैंकर संचालनका लागि अनुमतिपत्रको आवेदन लिन बन्द गरेको थियो । बोर्डले चालु आर्थिक बर्षबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा संशोधन गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०७४ लागू गरेको छ ।

बोर्डले पूँजी सम्वन्धी व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्वन्धमा थप कानुनी तथा नीतिगत व्यवस्था गर्न मर्चेन्ट वैकिङ्ग सम्वन्धी नियमावली संशोधन नभईन्जेलसम्म मर्चेन्ट वैंकिङ्ग कार्य गर्न अनुमतिपत्रको लागि ०७३ कात्तिकदेखि आवेदन लिने कार्य स्थगित गरेको थियो ।

धितोपत्र बोर्डले ०६५ सालदेखि बैंक तथा वित्तय संस्थालाई सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकर संचालनको अनुमति दिदै आएको थियो । हाल २३ वटा मर्चेन्ट बैकरहरु संचालनमा रहेका छन भने आधा दर्जन बढी अनुमतिको पखाईमा रहेको बोर्डले जनाएको छ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ०५:५३