स्कुलको प्रसासन हेर्ने नेपालकै पहिलो सफ्टवेयर बिराटनगरमा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्कुलको प्रसासन हेर्ने नेपालकै पहिलो सफ्टवेयर बिराटनगरमा सार्वजनिक



काठमाडौं, १२ साउन ।जेफ्टवेयर साेलुसन प्रालिले तयार पारेकाे विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ काे अाैपचारिक सूरूवात भएकाे छ । विराटनगरमा अायाेजित एक समाराेहका विच जेफएडकाे अाैपचारिक सूरूवात भएकाे हाे । विराटनगरकाे सारंगी रेस्टुरेन्टमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि क्यान माेरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामागंले केक काटेर जेफएडकाे बिटा संस्करणकाे सूरूवात गरेका हुन् । उनले उद्घाटन पछि बाेल्दै यस क्षेत्रकाे सूचना प्रविधिकाे क्षेत्रमा यस सफ्टवेयरले नयाँ फड्काे मारेकाे बताए । ‘ग्रामिण क्षेत्रका विद्यालयहरूलाइ समेत समेट्ने प्रयास गर्न अावश्यक छ ‘ तामागंले बताए । कार्यक्रममा जेफ्टवेयर साेलुसनका सिइअाे माेहन तबदारले उक्त सफ्टवेयरकाे विशेषताहरूकाे बारेमा बताउदै त्यस नमुना प्रस्तुत गरेका थिए । उनकाे अनुसार यस सफ्टवेयर कुनै पनि विद्यालयकाे प्रशासन संचालनका लागि अावश्यक पर्ने सबै कार्य गर्न सक्षम रहेकाे छ । यसले विद्यालय, अभिभावक, विद्यार्थी र शिक्षक विचकाे खाल्डाेलाइ पुर्ने कार्य गर्ने उनले विश्वास व्यक्त गरे । यसकाे मद्दतबाट विद्यार्थीकाे हाजिरी, शुल्क, परिक्षाकाे रिपाेर्ट , शिक्षक कर्मचारीकाे तलब लगायतकाे विवरण सबैकाे व्यवस्थापन गर्न सकिने जानकारी उनले दिए । उनकाे अनुसार विद्यालयहरूका लागि परिक्षणका लागि पहिलाे ३ महिना नि:शुल्करूपमा उपलब्ध समेत गराउने बताए । कार्यक्रममा जेफएडकाे वेबसाइट zefed.com काे समेत सुरूवात गरिएकाे थियाे । जेफ्टवेयरका अनुसन्धान विभाग प्रमुख अनुप न्याैपानेले ३ वर्षकाे लामाे अनुसन्धान र परिश्रमबाट सफ्टवेयर तयार भएकाे र यसलाइ संसारकै उत्कृष्ठ विद्यालय व्यवस्थापन सफ्टवेयर बनाउन अाफ्नाे समुह लागि परेकाे बताए । जेफ्टवेयर साेलुसनका अध्यक्ष शंकर भट्टराइले सभापतित्व ग्रहण गरेकाे कार्यक्रममा जेफ्टवेयरका प्रविधि विभाग प्रमुख संदिप भगत, अजित चापागाँइ, मनाेज संग्राैला, पर्वत राज झा, अाेबी मिडियाका सुचना विभागका निर्देशक सराेज कार्की लगायतले सफ्टवेयरकाे विषयमा विचार राखेका थिए ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ०८:०३