१ दशमलव ५ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१ दशमलव ५ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १२ साउन । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से १ दशमलव ५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका धेरै जस्तो समुहले आज कमाएका छन । बिहिबार कारोबारमा आएका १४९ कमपनीको १८ लाख ३९ हजार ४ सय २४ कित्ता सेयरबाट १ अर्ब १५ करोड ८ लाख २० हजार ९ सय ८८ रुपैयाको कारोबार भएको छ।
बिहिबार उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ। बिहिबार उतपादनमुलक समुह ५४ दशमलव १७ अंकले उकालो लागेको छ। बिहिबार विकास बैँक २२ दशमलव ८९ अंकले, होटल समुह ६ दशमलव ६६ अंकले, बैँक समुह ६ दशमलव १३ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले उकालो लागेको छ ।
बिहिबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ । बिहिबार इन्स्योरेन्स समुह १ सय ६० दशमलव ५३ अंकले ओरालो लागेको छ। बिहिबार जलविधुत समुह २१ दशमलव १४ अंकले र फाइनान्स समुह ० दशमलव ७३ अंकले ओरालो लागेको छ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार १०:०८