फेसबुकको आम्दानी कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फेसबुकको आम्दानी कति बढ्यो ?



एजेन्सी १२ साउन । दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९ दशमलब ३ अर्ब डलर आम्दानी भएको छ । विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने भएपछि विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका छन्।

यो वर्षको आधा अवधि र पछिल्लो तीन महिना हाम्रा लागि राम्रो भएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भने, ‘त्यस अवधिमा हाम्रो नाफा ७१ प्रतिशतले बढेको छ ।’ उनले सन् २००४मा फेसबुक सञ्चालन सुरु गरेका थिए । फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापनदाता पनि आकर्षित गरिरहेको छ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार १०:५३