अब स्मार्टफोनबाटै चेक डिपोजिट ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब स्मार्टफोनबाटै चेक डिपोजिट !



प्रविधीको विकासले मानिसको जीवनशैली निकै सहज भएको छ । हरेक काम प्रविधीको प्रयोगबाटै हुन थालेपछी मानिसको जीवनशैली निकै शौखिन समेत बन्न थालिरहेको छ । यस्तै अब प्रविधिकै कारण चेक डिपोजिट गर्नका लागी बैक समेत जान नपर्ने अवस्था आइसकेको छ ।

बेलायतमा अब चेक डिपोजिट घरमै बसेर स्मार्टफोनबाटै हुने भएको छ । चेकको फोटो बैकलाई पठाएर चेक डिपोजित गर्न सकिने भएपछी धेरैले बैकसम्म जानुपर्ने झण्झटबाट मुक्ति पाउने भएका हुन् ।

बिबिसीले दिएको जानकारी अनुसार सरकारले यस विषयमा विचार विमर्श सुरू गरिसकेको छ । यदी यो व्यवस्था लागू भए चेक क्लियर हुनका लागी समय पनि ६ दिनबाट घटेर २ दुईदिनमा झर्नेछ । बैकहरूका अनुसार यो सुविधा सहज र सुविधायुक्त हुनेछ । एजेन्सीको सहयोगमा

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ११:२५