यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय



काठमाडाै १२ साउन । सरकारले अनसनरत डा गोबिन्द केसीसँग वार्ता गर्नको लागि वार्ता समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले  डा. केसीका माग सम्बोधन गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको हो।

समितिको संयोजकमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ रहेका छन् । समितिको अन्य सदस्यमा  प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली र स्वास्थ्य सचिव किरण रेग्मी छन्।

एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका सातबुँदे माग राख्दै डा. केसी चार दिनदेखि अनसनरत छन् ।

बैठकले गरीबको पहिचान गरी तिनलाई परिचयपत्र वितरण गर्ने निर्णय पनि गरेको

छ । पहिलो चरणमा २५ जिल्लाका १२ लाख २४ हजार ४ सय परिवारमध्ये ३ लाख ९१ हजार ८ सय ३१ गरीब परिवारलाई परिचयपत्र वितरण गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार १३:०९