काठमाडौं र युवाको संघर्षमाथि गायक भिषण मुकारुङको यस्तो ‘मन छुने’ गीत (भिडियो) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौं र युवाको संघर्षमाथि गायक भिषण मुकारुङको यस्तो ‘मन छुने’ गीत (भिडियो)



काठमाडौं, १२ साउन । गायक भिषण मुकारुङ काठमाडौं र युवाको संघर्षलाई समेटिएको गीत ‘कोही उदास’ को भिडियो लिएर आएका छन् । उनको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ । विहिबार आफ्नो जन्म दिनको अवसरमा उनले भिडियो सार्वजनिक गरेका हुन् । गीतको शव्द शुभ मुकारुङले लेखेका हुन् भने संगीत बलराम समालले गरेका हुन् । विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय रहेको छ ।

गायक मुकारुङको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् । गायक मुकारुङले आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट र जिवन्त गीत भएको सुनाए । उनले जिवनमै पहिलो पटक विना लगानी म्यूजिक भिडियो निर्माण भएको भन्दै विज्ञान र योगेन्द्रलाई धन्यवाद समेत दिए । गीतका शुभ मुकारुङले आफुले नेपाली समाजको यथार्थलाई शव्दमा उतारको बताए । कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङले राई लगायतले जिवन्त गीत बनेको बताए ।

 

 

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार १३:३०