५ अर्ब ५३ करोडको सेयर किनबेच, कुल कारोबारमा १७ प्रतिशतको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

५ अर्ब ५३ करोडको सेयर किनबेच, कुल कारोबारमा १७ प्रतिशतको वृद्धि



काठमाडाै १४ साउन  । यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४३३६८ कारोबारबाट पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १६.७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३९४३७ कारोबारबाट चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका ८७ लाख ५३ हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.९७ अंकले बढेर अन्तिम दिन १६४६.५३ अंकमा पुगेको छ । कारोबार रकम, नेप्से परिसूचक र कारोबार भएका कम्पनीको संख्याको आधारमा अघिल्लो साताको तुलनामा यस साता पुंजीबजार सकारात्मक देखिएको छ।
यस साता कारोबार रकम (२७ करोड ७८ लाख ५० हजार रुपैयाँ) को आधारमा प्रभु इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (आठ लाख ६४ हजार कित्ता) को आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३२०५ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित : १४ श्रावण २०७४, शनिबार १०:११