रिलायबल माईक्रोफाइनान्सको नाफा १ करोडमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबल माईक्रोफाइनान्सको नाफा १ करोडमाथि



काठमाडौं, १५ साउन  । रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमासमा खुद मुनाफामा १ करोड १२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४० दशमलव ०३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा १ करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।

५ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी भएको रिलायबल माईक्रोफाइनान्सले जगेडाकोषमा ४ करोड १३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ सय प्रतिशतले वृद्धि गरी १६ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २७ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ४५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । रिलायबल माईक्रोफाइनान्सको खुद व्याज आम्दानी ७ दशमलव ३९ प्रतिशतले बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० प्रतिशतले घटेर १ करोड ७७ लाख रुपैयाँ पु्गेको छ ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०५:३४