जनरल फाईनान्सको सेयर कारोवार खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनरल फाईनान्सको सेयर कारोवार खुल्ला



काठमाडौं, १५ साउन । यसअघि रोक्का रहेके जनरल फाईनान्सको सेयर कारोवार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दिएको जानकारी अनुसार राष्ट्र बैंकले दिएको पत्रको आधारमा साताको पहिलो कारोवार दिन आज आईतबारबाट सेयर कारोवार खुल्ला गरिएको हो ।

बिगतमा समस्याग्रस्त संस्थाकोरुपमा रहेको फाईनान्स माथिको कारवाही केहीसमय अघि मात्र फुुुकुवा भएको हो । कारोवार रोकिनुु अघि फाईनान्सको चार सय ३० रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको थियो ।

बजार पुंजीकरण ५६ करोड ८५ लाख ८० हजार चार सय रुपैयाँ पुुगेको फार्ईनान्सको स्टकमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको १३ करोड २२ लाख २८ हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार दुुई सय ८० कित्ता सेयर सुचीकृत रहेको छ ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०९:०७