उद्योग व्यवसायमा भएका सबै खाले समस्या हटाउन तयार छुःअर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्योग व्यवसायमा भएका सबै खाले समस्या हटाउन तयार छुःअर्थमन्त्री



काठमाडौ १६ साउन । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग व्यवसायमा भएका सबै खाले समस्या हटाउन आफु तयार रहेको बताए । ‘विद्यमान अवस्थामा उद्योग व्यवसाय संचालन गर्न वित्तीय क्षेत्रबाट के–कस्ता समस्या तथा बाधा अड्चन छन् त्यो म कहाँ लिएर आउनुस,’ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित विद्यमान वित्तीय तथा मौद्रिक नीतिका समस्या सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘कस्ता खालका समस्याले गर्दा काम गर्न सक्नु भएन त्यो म हटाइदिन्छु ।’   कार्यक्रममा मन्त्री कार्कीले मुलुकको कुल लगानीमा दुई तिहाई भन्दा वढी लगानी निजी क्षेत्रबाट भइरहेको अहिलेको अवस्थामा निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

व्यापार घाटा कम गर्न चुनौती भइरहेको बेला आन्तरिक उत्पादन गर्नुपर्ने आवश्यकतामाथि उनलेले विशेष जोड दिए । गत आर्थिक वर्षमा ६ दशमलब ९ प्रतिशतको आर्थिक बृद्धि कायम रहेको स्मरण गर्दै यो वर्ष यसलाई ७ दशमलब २ प्रतिशत पुयाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सफल स्थानीय निकायको निर्वाचनसँंगै सवैमा खुशी छाए पनि व्यापारीहरुमा भने दोहोर मारमा पर्ने हो कि भन्ने चिन्ता छाएको बताए। स्थानीय, प्रदेश र केन्द्र गरी तीनतिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकोले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने माग गरे ।

अध्यक्ष श्रेष्ठले लगानीको वातावरण वनिरहेको बेला फेरि लोडसेडिंग हुन थाल्ने हो कि भन्ने चिन्ता छाएको बताउँंदै लोडसेडिंग हुन नदिन अर्थ मन्त्रालयकातर्फबाट सक्दो सहयोग गर्न अर्थमन्त्रीसँंग माग राखे । उनले उजुरीको आधारमा नभई प्रमाणित भएपछि मात्रै व्यापारीमाथि कारबाही चलाउन सरकारसँंग विशेष अनुरोध गरे ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य रणबहादुर श्रेष्ठले विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा वषयमा प्रस्तुतीकरण गरे । कार्यक्रममा अर्थ मन्त्रालय सचिव (राजश्व) शिशिरकुमार ढुंगानालगायतले आर्थिक क्षेत्रका विविध पक्षबारे चर्चा गरे ।

 

प्रकाशित : १६ श्रावण २०७४, सोमबार १२:१०