सिद्धार्थ बैंकको मुनाफा १२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ बैंकको मुनाफा १२ प्रतिशतले वृद्धि



काठमाडौं, साउन १७ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधि भन्दा १२ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब २५ करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिद्धार्थ बैंकले जगेडाकोषमा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ छुटाएको छ । हालको चुक्ता पूँजी र मुनाफाको आधारमा बैंकले लगानीकर्ताहरुलाई भने १७ प्रतिशत लाभांश दिने देखिन्छ । निक्षेपमा १९ दशमलव ०७ प्रतिशतले बढेर ७७ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ संकलन गरी कर्जामा ६६ अर्ब ६ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा २५ दशमलव ३१ प्रतिशतले बढेर २ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३२ करोड ९२ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २८ करोड ६२ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशतले घटेर १ दशमलव १५ प्रतिशत र पुँजकिोषको अनुपात १ दशमलव ९१ प्रतिशतले बढेर १३ दशमलव १६ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ६७ गुणा, प्रतिशेयर नेटवर्थ १४९ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०६ प्रतिशत रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०२:२७