महालेखा परीक्षकको कार्यालयमा जागिर खाने हो ? स्थानीयबासीलाई उच्च प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालेखा परीक्षकको कार्यालयमा जागिर खाने हो ? स्थानीयबासीलाई उच्च प्राथमिकता



काठमाडौं १७ साउन । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो ।

उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना अवधिको लागि मात्र लिइने उक्त पदको लागि साउन ३१ गतेभित्र आवेदन गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०६:०६