अर्थमन्त्रालयले नेप्सेको सिइओ नियुक्त गर्न आवेदन माग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थमन्त्रालयले नेप्सेको सिइओ नियुक्त गर्न आवेदन माग्यो



काठमाडौं १७ साउन ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागि अर्थ मन्त्रालयले आवेदन मागेको छ ।

नेप्सेमा प्रमुख कार्यकारी अधिकृत रहेका सिताराम थपलियाको कार्यकाल सकिएपछि नेप्सेमा सिइओ पद खाली रहेको छ । अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले ठाडो प्रस्तावमा नेप्सेमा प्रमुख कार्यकारी नियुक्त गर्न  नमानेपछि छनोट तथा सिफारिस समिति गठन गरिएको छ ।

सिफारिस समितिले आज सिइओ नियुक्तीको लागि सार्वजनिक सूचना जारी गरेर आवेदन मागेको छ ।

धितोपत्र पुँजी बजार तथा बैकिङ क्षेत्रमा ५ वर्ष अनुभव भएको तथा व्यवस्थापनआर्थिक विषय तथा कानूनी विषयमा स्नातकोत्तर उपाधी हासिल गरेको व्यक्तिलाई आवेदन मागिएको छ । आवेदन दिनेले आफ्नो कार्ययोजनापनि पेश गर्नुपर्ने छ ।

सिफारिस समितिले आवेदन प्राप्त भएका प्रस्तावबाट ३ जना व्यक्तिको नाम छनोट गर्ने छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०६:५३