अायो नेपाल हाइड्रोको ३ लाख ९० हजार कित्ता साधारण सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अायो नेपाल हाइड्रोको ३ लाख ९० हजार कित्ता साधारण सेयर



काठमडौं  १८ साउन। नेपाल हाइड्रो डेभलोपरले ३ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ अंकित यो सेयर आगामी साउन २७ देखि छिटोमा ३२ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन पाइने छ ।

यो सेयर मध्ये २ प्रतिशत अर्थात ७ हजार ८ सय कित्ता सेयर कर्मचारीको लागि, ५ प्रतिशत अर्थात १९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

यो हाइड्रोले कम्तिमा ५० कित्ता र बढीमा १ हजार कित्ता आवेदन दिनुपर्ने गरी सेयर निष्कासन गरेको छ । यसको आवेदन आस्वा प्रणालीबाट आवेदन स्वीकृत भएका सबै बैंक तथा वित्तिय संस्थाबाट दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०४:०८