सनराइज बैंकको मुनाफा २२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकको मुनाफा २२ प्रतिशतले वृद्धि



काठमाडौं, १८ साउन  । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासमा खुद मुनाफा खुद मुनाफा १ अर्ब १६ करोड रुपैयाँ कमाएको छ,जुन अघिल्लो वर्षको तुलनाभन्दा २२ दशमलव ८१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले खुद मुनाफा ९५ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।

७ अर्ब १ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा २ अर्ब ३१ करोड ५० लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १८ दशमलव १२ प्रतिशतले वृद्धि गरी ६१ अर्ब १ करोड ३२ लाख रुपैयाँ संकलन गरी कर्जा प्रवाह ५१ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कर्जा तर्फ १८ दशमलव २४ प्रतिशतले वृद्धि गरेको हो ।

 

बैंकको खुद व्याज आम्दानी ४५ दशमलव ८४ प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ६६ दशमलव ८० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकद्वारा प्रोभिजनमा २७ करोड १५ लाख रुपैयाँ राखिएको छ । त्यसै गरि १९ करोड ४६ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।

बैंकको चौथो त्रैमासमा प्रति शेयर आम्दानी १६ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २३ दशमलव ७७ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३२ दशमलव ९९ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ३२ प्रतिशत रहेको छ ।

बैंकको पुँजीकोषको अनुपात १५ दशमलव २० प्रतिशत रहेको छ भने निष्कृय कर्जातर्फ १ दशमलव ३७ प्रतिशत रहेको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०४:१२