नबिल बैंकको मुनाफा कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नबिल बैंकको मुनाफा कति बढ्यो ?



काठमाडौं, १९ साउन । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा २८ दशमलव ४२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा र्बैंकले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९ अर्ब ३ करोड ३ लाख रुपैयाँ राखेको छ । हालको चुक्ता पुँजी र मुनाफाको आधारमा बैंकले शेयरधनीहरुलाई ४७ प्रतिशत लाभांश दिने देखिन्छ ।

बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा ७ दशमलव २७ प्रतिशतले वृद्धि गरी १ खर्ब १८ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ९१ अर्ब ४९ लाख रुपैयाँ लगानी गरेकोे छ जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकले कर्जा लगानी गरी खुद व्याज आम्दानी २६ दशमलव २१ प्रतिशतले बढेर ५ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा २५ दशमलव ७८ प्रतिशतले वृद्धि गरी ५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ करोड ९३ लाख रुपैयाँ राखिएको छ भने ४ करोड २९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

नबिल बैंकको चौथो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक ५८ दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २६ दशमलव ०२ गुणा, प्रति शेयर नेटवर्थ २ सय ४६ रुपैयाँ र तरलत अनुपात २५ दशमलव ८४ प्रतिशत रहेको छ । बैंकको पुँजीकोष अनुपात १ दशमलव ६१ प्रतिशतले बढेर १३ दशमलव ३४ प्रतिशत रहेको छ भने निष्कृय कर्जातर्फ शुन्य दशमलव ३५ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत रहेको छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०४:५३