योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त



काठमाडौं १९ साउन । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा बुझाएका थिए ।

उपाध्यक्षमा नियुक्त भएका वाग्ले श्रेष्ठ तथा गोविन्दराज पोखरेल उपाध्यक्ष हुँदा आयोगको सदस्य थिए ।
योजना आयोगको उपाध्यक्षमा डा. वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेकाे अनुभव छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०४:५६