इटहरी शहरलाई पनि हर्न निषेधित घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इटहरी शहरलाई पनि हर्न निषेधित घोषणा



इटहरी,१९ साउन  । काठमाडौँ उपत्यका भित्र सफलतापुर्वक हर्न निषेधित क्षेत्र कार्यक्रम लागु गरेको ट्राफिक प्रहरीले पूर्वी नेपालको इटहरी शहरलाई पनि हर्न निषेधित घोषणा गरेको छ ।

ट्राफिक कार्यालयका अनुसार पूर्वमा  जुटबिकास चौक, उत्तरमा नेपाली सेनाको पृतना, पश्चिममा कलंकी चौक र दक्षिणमा साथी फियुल सम्मको क्षेत्रमा हर्न बजाउन पाइने छैन । सो क्षेत्रमा हर्न बजाए ५ सयदेखी हजार सम्म नगद जरिवाना हुने जानकारी इटहरी ट्राफिकले दिएको छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०८:२४