२ दशमलव १६ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ दशमलव १६ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ १९ साउन । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ ।बिहिबार नेप्से २ दशमलव १६ अंकले ओरालो लागेको छ । बिहिबार कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । बिहिबार कारोबारमा आएका १६३ कमपनीको २८ लाख ५१ हजार ४ सय ६९ कित्ता सेयर बाट १ अर्ब १३ करोड ७७ लाख ५ हजार ५ सय ५५ रुपैयाको कारोबार भएको छ।

बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। बिहिबार इन्स्योरेन्स समुह ४५ दशमलव ३ अंकले ओरालो लागेको छ । बिहिबार उतपादनमुलक समुह १७ दशमलव ३७ अंकले, विकास बैँक समुह १३ दशमलव ६७ अंकले, जलविधुत समुह ११ दशमलव १ अंकले र होटल समुह १० दशमलव १२ अंकले ओरालो लागेको छ।
बिहिबार सबै भन्दा धेरै फाइनान्स समुहले कमाएको छ । बिहिबार फाइनान्स समुह १२ दशमलव ९२ अंकले उकालो लागेको छ । बिहिबार अन्य समुह १ दशमलव ४४ अंकले र बैँक समुह ० दशमलव ८९ अंकले उकालो लागेको छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०९:३९