नागरिक लगानी कोषको भदौ १६ मा साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागरिक लगानी कोषको भदौ १६ मा साधारण सभा



काठमाडौं २० साउन ।नगरिक लगानी कोषले भदौ १६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा गर्न कोषले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअघि असार २७ गते बसेको  सञ्चालक समिति बैठकले २१.८५% बोनस सेयर र १.१५% नगद  लाभांश दिने निर्णय गरेको थियो । सञ्चालक समितिको यो निर्णय आगामी वार्षिक साधारण सभामा पेस हुनेछ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले बोनस पाउने छन् । यसआधारमा, बुक क्लोज हुने दिन भन्दा अघि कायम सेयरधनीले मात्र बोनसको हकदार हुने भएकाले साउन २६ गतेसम्ममा सेयर किनिसक्नु पर्नेछ । नागरिक लगानी कोषको लामो समयदेखि साधारण सभा बस्न सकेको छैन

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ०६:११