प्राइम बैंकको मुनाफा ३२ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम बैंकको मुनाफा ३२ प्रतिशतले वृद्धि



काठमाडौं,२० साउन  । प्राइम कम्रर्सियल बैंक लिमिटेडको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा मुनाफा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिभन्दा ३२ दशमलव ९१ प्रतिशतले वृद्धि हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैकले जगेडाकोषमा ३ अर्ब १२ करोड ६० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३५ दशमलव ४१ प्रतिशतले बढेर ६५ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ५७ अर्ब ७१ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ४२ दशमलव ५ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी १९ दशमलव ८९ प्रतिशतले बढेर १ अर्ब ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४० दशमलव २० प्रतिशतले वृद्धि गरी २ अर्ब १ करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २२ करोड २ लाख रुपैयाँ राखेको छ भने १८ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी २३ दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १७ दशमलव ९६ गुणा, प्रति शेयर नेटवर्थ १ सय ४९ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ५६ प्रतिशत रहेको छ ।

बैकको निष्कृय कर्जातर्फ शुन्य दशमलव ४५ प्रतिशतले घटेर शुन्य दशमलव ७८ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १ दशमलव ७६ प्रतिशतले बढेर १३ दशमलव ३६ प्रतिशत रहेको छ ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ०६:४४