थप चार स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गर्दै माछापुच्छे बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

थप चार स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गर्दै माछापुच्छे बैंक



काठमाडौं, २० साउन  । माछापुच्छे बैंकले रुपन्देहीका चार स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा जिल्लाको गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सुचारु गरेको हो ।

ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रबाट खाता खाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको बैंकले जनाएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ०७:३०