अरुण फाइनान्सको शतप्रतिशत हकप्रद भदौ ६ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अरुण फाइनान्सको शतप्रतिशत हकप्रद भदौ ६ गतेदेखि



काठमाडौं २० साउन ।अरुण फाइनान्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद भदौ ६ गतेदेखि निष्काशन गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अङ्कित दरको १५ लाख कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो ।

अरुण फाइनान्सले हकप्रदका लागि साउन ९ गते सेयरधनी किताब बन्द गरेकाले साउन ८ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद भर्न पाउनेछन् ।

कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकग्लोबल आईएमई क्यापिटल जमल, अरुण फाइनान्सको केन्द्रिय कार्यालय धरान सुनसरी, शाखा कार्यालयहरू हेटौंडा मकवानपुर, खाडिचौर सिन्धुपाल्चोक तथा ग्लोबल आईएमई बैंकको वीरगञ्ज, इटहरी, जनकपुर, कैलाली, पोखरा, नेपालगञ्ज, वुटवल शाखा कार्यालयबाट असोज ९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो । केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ०८:४२