पाँच अर्ब २५ करोडको शेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँच अर्ब २५ करोडको शेयर कारोबार



काठमाडाै २० साउन । यो साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको छ । सो अनुसार ४४,४८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५.०५ प्रतिशत कम हो । गत साता १७० कम्पनीहरुको कारोबार भएको थियो ।

जस अनुसार ४३,३६८ कारोबारबाट पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.३० अंकले बढेर अन्तिम दिन १६६०.५८ अंकमा पुगेको छ । नेप्से परिसूचकको आधारमा अघिल्लो साताको तुलनामा यस साता पुंजीबजार सकारात्मक देखिएको छ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार १०:१७