भारतीय चर्चित अभिनेता सुनिल शेट्टी चन्द्रागिरीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतीय चर्चित अभिनेता सुनिल शेट्टी चन्द्रागिरीमा



काठमाडौं  २१ साउन  । भारतीय चर्चित अभिनेता सुनिल शेट्टीले चन्द्रागिरीको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरे । अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।

 

शेट्टीले चन्द्रागिरी भ्रमण बारे प्रतिक्रिया दिँदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरी रहेको बताए । चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पर्यटकीय पूर्वाधार छन् ।

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ०७:४५