माछापुच्छ्रे बैंक पनि उक्लियो अर्बपति क्लबमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंक पनि उक्लियो अर्बपति क्लबमा



काठमाडौं, २२ साउन  ।माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा ४४ प्रतिशत बढि नाफा गर्दै अर्बपति क्लबमा उक्लिएको छ।बैँकले अर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमाससम्ममा १ अर्ब ३० करोड १० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.८४% ले खुद नाफा वृद्धि गरेको हो । अघिल्लो वर्ष माछाको खुद नाफा ८९ करोड ८२ लाख २३ हजार रुपैयाँ थियो । बैंकले खुद ब्याज आम्दानीमा पनि २५.१९% ले वृद्धि गरी २ अर्ब ३२ करोड ५१ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । बैंकले १३ करोड ४६ लाख ५५ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि १३ करोड ६० लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।बैँकले ५८ अर्ब ६२ करोड ९० लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । चौथो त्रैमाससम्ममा बैंकको कर्जा लगानी ५१ अर्ब ८६ करोड ६७ लाख ७० हजार रुपैयाँ पुगेको छ । बैँकले खराब कर्जालाई ०.३७% मा सीमित गरेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.५५% थियो ।

यता, बैंकको कस्ट अफ फन्ड भने ३.४४% बाट ४.८२% पुगेको छ । यसैगरी, इक्विटी प्रतिफल पनि उल्लेख्य रुपमा घटेको छ । अघिल्लो वर्ष २०.२५% रहेको इक्विटीमा प्रतिफल घटेर यसपालि १४.२७% मा आएको छ । चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४१.४१% वृद्धि हुँदै ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैँकले साउन ५ गतेदेखि १२% हकप्रद बिक्री खुला गरेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ पुग्नेछ । बैंकको रिजर्भ कोष पनि भारीमात्रामा बढेको छ । रिजर्भ कोषमा २७३.५३% वृद्धि भएर २ अर्ब ५१ करोड ६७ लाख २४ हजार रुपैयाँ जम्मा भएको छ । यता,  बैंकको प्रतिसेयर आम्दानी बढेको छ भने नेटवर्थ घटेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८ पैसाबाट बढेर यसपालि २३ रुपैयाँ ९८ पैसा पुगेको छ । नेटवर्थ भने १३९ रुपैयाँ ११ पैसाबाट घटेर १३६ रुपैयाँ ४४ पैसामा आएको छ ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार ०६:३३