४ दशमलव ४७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ दशमलव ४७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २२ साउन । कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ । आइतबार नेप्से ४ दशमलव ४७ अंकले उकालो लागेको छ । आइतबार कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । आइतबार कारोबारमा आएका १५९ कमपनीको ३२ लाख ९३ हजार ४ सय ८१ कित्ता सेयर बाट १ अर्ब १ करोड १२ लाख ६८ हजार ६ सय १२ रुपैयाको कारोबार भएको छ।

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह ५० दशमलव २७ अंकले ओरालो लागेको छ । आइतबार होटल समुह ३४ दशमलव १९ अंकले , जलविधुत समुह १६ दशमलव ३३ अंकले, फाइनान्स समुह ६ दशमलव ९३ अंकले र विकास बैँक ३ दशमलव १३ अंकले ओरालो लागेको छ ।
आइतबार सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ । आइतबार उतपादनमुलक समुह १७ दशमलव ६९ अंकले उकालो लागेको छ । आइतबार बैँक समुह ११ दशमलव ०९ अंकले र अन्य समुह ५ दशमलव ७९ अंकले उकालो लागेको छ ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार ०९:४१