लक्ष्मी बैंकको नाफा ४८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकको नाफा ४८ प्रतिशतले वृद्धि



काठमाडौं,२३ साउन  । प्रोफेशन दियालो विकास बैकलाई किन्नेको लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब २४ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको साेहि अवधिमा मुनाफा ६७ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

७ अर्ब ४७ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी बैंकले जगेडाकोषमा २ अर्ब १८ करोड २७ लाख रुपैयाँ राखिएको छ । निक्षेपमा २२ दशमलव ९१ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ३२ करोड ४ लाख रुपैयाँ संकलन गरेर बैंकले कर्जामा ५२ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३० प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद व्याज आम्दानी २६ दशमलव ५४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ४१ दशमलव ३१ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्राभिजनमा ९ करोड ७४ लाख रुपैयाँ राखिएको छ भने खराबकर्जा ४ करोड ९० लाख रुपैयाँ उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ३४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ३१ प्रतिशत रहेको छ ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव १३ प्रतिशतले बढेर शुन्य ९३ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात ३ दशमलव ०४ प्रतिशतले बढेर १४ दशमलव १९ प्रतिशत रहेको छ ।

हालको चुक्ता पूँजी र मुनाफाको आधारमा ११ प्रतिशत लाभांश दिने देखिन्छ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ०५:५३