काठमाडौं २३ साउन ।प्राथमिक शेयर निष्काशन हुँदा ६८ जिल्लाबाट अनलाइन आवेदन दिन सकिने भएको छ। राष्ट्रिय बाणिज्य बैंकले सीआस्बा सफ्टवेयर मार्फत त्यती जिल्लामा अनलाइन शेयर भर्न मिल्ने सुविधा पुर्याएको हो।
यो सेवा सुरु गर्नेबारे केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)सँग सम्झौता गरि सकेको छ। इन्टरनेट पहुँच भएका ६८ जिल्लाका ग्राहकले अब प्राथमिक निष्काशनमा अनलाइन आवेदन दिन सक्ने बैंकका प्रवन्धक इश्वरी न्यौपानेले जानकारी दिए।

बैंक अफ काठमाडौँ, नेपाल बैंक, कृषि बिकास बैंक, माछापुच्छ्रे बैंक पनि यो सेवा सुरु गर्ने तयारिमा छन्।
नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशनमा आस्बा अनिवार्य गरि सकेको छ। आउँदो साउन २७ गते निष्काशन हुने नेपाल हाइड्रो डेभलोपर कम्पनीको शेयरमा लगानीकर्ताले काजगी फारामबाट आवेदन दिन पाउँदैनन्। इच्छुकले सीआस्बा र अन्य लगानीकर्ताले आस्बा सेवा प्रदायक बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिनु पर्ने हुन्छ।
Comment