ग्रामीण विकास बैंकले पायो एफपीओ ल्याउने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रामीण विकास बैंकले पायो एफपीओ ल्याउने अनुमति



काठमाडौं  २३ साउन ।नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ग्रामीणले एफपीओमा कुनै प्रिमियम शुल्क जोडेको छैन । यो एफपीओ प्रतिकित्ता १०० रुपैयाँको दरमै भर्न पाइन्छ । ग्रामीणले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । दोस्रो बजारमा ग्रामीणको अन्तिम कारोबार ९४३ रुपैयाँमा भएको थियो । यसको केन्द्रीय कार्यालय बुटवलमा छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १९ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ४६ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २७ पैसा थियो ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ०८:११