प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद जारी गर्ने



काठमाडौं, २३ साउन । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम पूँजीको १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १२ करोड ८३ लाख ४ हजार रुपैयाँको १२ लाख ८३ हजार ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार १२:४७