सिप्रदी अर्थमुभर्सले संचालनमा ल्यायो मोबाइल भ्यान, « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिप्रदी अर्थमुभर्सले संचालनमा ल्यायो मोबाइल भ्यान,



काठमाडौं, २४ साउन  ।टाटा हिटाचीको नेपालको अधिकृत बिक्रेता सिप्रदी अर्थ मुभर्सले मोबाइल सर्भिस भ्यान संचालनमा ल्याएको छ। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा मोबाइल भ्यानको औपचारिक सुरुवात गरे।यो सर्भिस भ्यानले ग्राहकलार्इ छिटो सेवा दिनुको साथै स्पेयर्स पार्ट्स समेत तुरुन्त दिने कम्पनीले जनायो।उपभोक्ताले टाटा हिटाचीका उपकरण विग्रिएका स्थानमा यो मोबाइल आएर मर्मत गर्ने जनायो।

यो भ्यानले काठमाडौं उपत्यका,धादिङ,नुवाकोट,वनेपा र वाग्मती क्षेत्रमा सेवा दिनेछ।कम्पनीका सिइओ श्रेष्ठले उपभोक्तालार्इ छिटो र सुलभ ढंगले सेवा दिन मोबाइल भ्यान संचालनमा ल्याएको बताए।कम्पनीले टाटा गाडीका लागि मोबाइल भ्यान संचालनमा ल्याइसकेको छ।विगत ३५ वर्षदेखि अटोमोबाइल क्षेत्रमा रहेको यो कम्पनी बढी कर तिर्ने कम्पनीमा पर्छ।

प्रकाशित : २४ श्रावण २०७४, मंगलवार ०७:१०