मेरो माइक्रोफाइनान्सले लगानीकर्तालाई बोनस र नगद लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेरो माइक्रोफाइनान्सले लगानीकर्तालाई बोनस र नगद लाभांश  दिने



काठमाडौं,२५ साउन  । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई बोनस र नगद लाभांश  दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२ दशमलव १०५ प्रतिशत नगद लाभांश  दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ०७:२६