बिजनेशका बादशाहः ३०० भारु तलब बुझ्ने धीरुभाई कसरी बने ६२ हजार करोडका मालिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

बिजनेशका बादशाहः ३०० भारु तलब बुझ्ने धीरुभाई कसरी बने ६२ हजार करोडका मालिक



तपाईले सोच्नु भएको छ ? ३०० भारु तलब पाउने ब्यक्ती करोड पति बन्न सक्छ भनेर तर हो अाज उनै व्यक्ती ६२ हजार करोड भारुका मालिक छन । उनि हुन धीरुभाई अम्बानी । बिजनेसकाे संसारको तेज बादशाहको रुपमा उनि चिनिन्छन । अहिले मुकेश अम्बानी र अनिल अम्बानीको बीजनेस कतारमा समेत स्थापित छ ।

धीरुभाई गुजरातको सानो गाउ चोरवाडमा बस्थे । उनका पिता हीराचन्द गोवरधनदास स्कुलमा शिक्षक थिए । तर उनको घरको अार्थिक अवस्था निकै नै कम्जोर रहेको थियो ।

धीरुभाई १७ बर्षको उमाेरमा पैसा कमाउने उदेश्यले सन १९४९मा अाफ्ना भाई रमणिकलालसंग नै यमन पुगे । त्यहाँ उनले एक पेट्रोल पम्पमा ३०० भारु प्रति महिना तलब पाउने गरि काम गरे । त्यो कम्पनीको नाम थियो ए. बेस्सी एन्ड कम्पनी ।

 

अचम्म लाग्दो कुरा के थियो भने उनको काम देख्ने बितिकै उनलाई कम्पनीले फिलिङ्ग स्टेशन म्यानेजर बनाइदियो । केही समय पछि उनले त्यो जागिर छाडेर धीरुभाई सन १९५४मा देश फर्के । यमनमा रहदा नै उनले ठूलो मान्छे बन्ने सपना देखेका थिए । यहि कारणले घर अाउने बितिकै उनले ५०० भारु बोकेर बुम्बइ हानिए ।

केहि दिन बजारलाई नजिकबाट देखे पछि धीरुभाईले यो सम्झेकी भारतमा पोलिस्टरको माग सबै भन्दा बढी छ र विदेशमा भारतीय मसलाको माग अत्याधिक । उनले त्यस पछि रिलायन्स कमर्स कर्पोरेशनो सुरुवात गरे । सो कम्पनीले भारतको मसला विदेश र विदेशको पोलिस्टर भारतमा बेच्न सुरु गरे ।

 

अाफ्नाे बिजनेसको सुरुवाताका लागि धीरुभाईले ३५० वर्ग फिटकाे कोठा , एक मेच, तीन कुर्सी , दुइ सहयोगी र एउटा टेलिफोनको साथमा कार्यलय खोलेका थिए । सन १९६६मा उनले VIMAL ब्रान्डका साथ कपडाको बिजनेसमा पाइला टेके । केही बर्षमा नै धीरुभाईको कम्पनी भारतको छुट्टै पहिचान भएको कम्पनी बन्यो ।

भनिन्छ धीरुभाईले धेरै सरकारी नियमलाई नदेखे जस्तै गरेर काम अगाडी बढाउथे । उनले काम सुरु गर्दा समस्या धेरै अाए तर उनि हडबडाएनन । सन १९९२मा जब भारतमा लाइसेनसको राज सकियो तब रिलायन्सले अाफ्नो गति लिन थाल्यो । १९९२मा ग्लोबल मार्केट मा फन्ड जुटाउने रिलायन्स भारतकै पहिलो कम्पनी बन्न पुग्यो ।

सन २०००को अासपासमा रिलायन्स पेट्रो केमिकल र टेलिकम क्षेत्रमा अायो । २००० मा अम्बानी भारतको सबै भन्दा धनी व्यक्ती बनेर उदाय । तर ६ जुलाई २००२मा धीरुभाई अम्बानीको मृत्यु भयो । तर उनले बिजनेशको दुनियमा प्रेरणाको स्रोत बनेर गए । उनले भनेका छन् – जो सपना देख्ने हिम्मत राख्छ, उसले पुरै दुनिया जीत्न सक्छ ।

thehookबाट

प्रकाशित : २५ श्रावण २०७४, बुधबार १०:१३