इजीलिंक रेमिट्यान्स र कुमारी बैंक बीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इजीलिंक रेमिट्यान्स र कुमारी बैंक बीच रेमिट्यान्स सम्झौता



काठमाडौं , २६ साउन  ।  “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स प्रा.लि. र कुमारी बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इजी लिंक रेमिट्यान्सको तर्फबाट प्रबन्धक दिपेन्द्र खनाल तथा अपरेशन इन्चार्ज सालिक राम दाहाल र कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक श्री राजेश श्रेष्ठ तथा उमिद श्रेष्ठ को उपस्थिीमा हस्ताक्षर भयो ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट यस सम्झौता अनुसार इजीलिंक रेमिट्यान्स मार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना ७४ शाखा हरु र १५०० भन्दा बढी कुमारी रेमिट का ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्ने कुरा कम्पनिका प्रबन्धक दिपेन्द्र खनाल ले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिनुभयो ।

इजी लिंक रेमिट्यान्सले विगत १८ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ । इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ४००० हजार भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनाल ले जानकारी गराए ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०७:३६