भन्सार दर घट्दा सुनको भाउ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भन्सार दर घट्दा सुनको भाउ घट्यो



काठमाडौं। बजेटमा भन्सार दर समायोजन संगै स्थानीय बजारमा सुनको भाउ सस्तो भएको छ भने चाँदीको केही बढेको छ ।

आइतबार स्थानीय बजारमा सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारले सुनमा लगाउँदै आएको भन्सार दर घटाएपछि उपभोक्तालाई तोलामा करिब १ हजार २ सय रुपैयाँ फाइदा भएको हो । तर, चाँदीको भाउ भने केही बढेको छ ।
Gold_Shot
सरकारले चाँदीमा लगाउँदै आएको भन्सार दर बढाएका कारण चाँदीको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा भन्सार दर घटाउन र चाँदीमा बढाउन आग्रह गर्दै आएको थियो ।

व्यवसायीहरुको कुरा सरकारले सुनिदिएकाले अन्तर्राष्ट्रिय बजार संगै नेपाली बजारमा प्रति दशग्राममा थप हजार रुपैयाँ सस्तो हुन गएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

सुनमा भन्सार दर घटाउँदा कालोबजारी नियन्त्रणमा आउने र चाँदीमा भन्सार दर बढाउँदा सरकारलाई राजश्व बढ्ने अध्यक्ष शाक्यले बताए ।

प्रकाशित : ४ श्रावण २०७२, सोमबार १२:०३