नयाँ टिभिएस स्ट्राइकर १२५ अब नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ टिभिएस स्ट्राइकर १२५ अब नेपाली बजारमा



काठमाडौं २६ साउन। टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ उत्पादन टिभिएस स्ट्राइकर १२५ बिहीबार देखि नेपाली बजारमा ल्याएको छ । जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले उक्त टिभिएस स्ट्राइकर १२५ को सार्वजनिक गरेका छन् । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारीक विक्रेता हो ।

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष दिपक कुमार अग्रवालले टिभिएस स्ट्राइकर १२५ ले युवा नेपालीहरुको मागलाई पूर्ण रुपमा सन्तुष्ट गर्ने बताएका छन् । नेपाली बजारमा यस उत्पादनद्वारा टिभिएस मोटर कम्पनीको प्रभावहरु बलियो हुने छ कम्पनी विश्वास रहेकाे छ ।

कम्पनीका अनुसार कम इन्धन खपत र शक्तिको सही मिश्रण भएको टिभिएस स्ट्राइकर १२५ नेपाली बाटोमा उपयुक्त रहनेछ । फिचर्सले भरिपूर्ण टिभिएस स्ट्राइकर १२५ ले ग्राहकहरुको मन जित्ने पक्का भइसकेको छ ।

ईको थ्रष्ट इन्जिनयुक्त टिभिएस स्ट्राइकर १२५ ले ८००० आर. पि. एममा ८.१ के डब्लु शक्ति प्रदान गर्ने छ । यसको टोर्क ५५०० आर. पि. एममा १०.८ एन. एम. बताईएको छ। एक लिटरमा ६७ किलोमिटर माईलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिन्छ । बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन् ।

श्रेणीमै पहिलो एल. इ. डि. टेल ल्याम्प र फूल डिजिटल स्पीडोमिटर युक्त यस बाईकको व्याख्या गर्न लायक रहेको छ । साथमा, यसमा ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ ।

 

आरामदायी यात्राको लागि हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्ट समेत यसमा पाउन सकिने कम्पनीले जनाएको छ ।नेपाली बजारमा टिभिएस स्ट्राइकर १२५ को मूल्य १ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै, तीन रङ्गमा सो बाईक उपलब्ध हुने बताईएको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार १३:१९