बैंक अफ काठमाण्डूको यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंक अफ काठमाण्डूको यस्तो छ प्रगति



काठमाडौं, २७   साउन। बैंक अफ काठमाण्डू लिमिटेड ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ८९ दशमलव १६ प्रतिशतले वृद्धि गरी १ अर्ब २३ करोड ९० लाख रुपैयाँ कमाउन सफल भएको । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ६५ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब ३२ करोड ५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ७२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ संकलन गरी कर्जामा ६२ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६६ दशमलव ४० प्रतिशतले बढेर २ अर्ब ५६ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ६४ दशमलव ११ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३० करोड ६३ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा १७ करोड ७७ लाख रुपैयाँ उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २२ दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २० दशमलव ९९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५८ दशमलव ९८ रुपैयाँ र तलरता अनुपात २८ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ श्रावण २०७४, शुक्रबार ०४:४६