स्मार्टफोनबाट निस्कन्छ १०० भन्दा बढी घातक ग्यास, यस्ता छन बच्ने उपाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्मार्टफोनबाट निस्कन्छ १०० भन्दा बढी घातक ग्यास, यस्ता छन बच्ने उपाय



काठमाडाै । स्मार्टफोनको प्रयोग अाजभोली व्यापक बन्दै गएको छ । एकातर्फ प्रविधी नै हाम्रो जीवनको हिस्सा बन्दै गएको छ । अर्कतर्फ यो संग जाेडिएको खतरा पनि उतिकै बढ्दै गएको छ ।

के तपाईलाई जानकारी छ इलोक्ट्रोनिक अाइटममा प्रयोग हुने लिथियम आयन ब्याट्री हाम्रो स्वास्थयको लागि खराब पनि हुन सक्छ ? तपाईले यसलाई धेरै समय लेस डिभाइसबाट चार्च गर्नु हुन्छ भने यसमा ग्यास उत्सर्जन बढ्दै जान्छ ।

तपाईलाई यो जानकारी होस की कोबल्ट अक्साइडबाट बनेको लीथियम ब्याट्रीमा एनर्जी डेन्सिटी धेरै हुन्छ । चीनको शिन्हुअा युनिवर्सिटी र अमेरिकाको इन्सटीयूट अफ एनबीसी डिफेन्सका शाेधकर्ताहरुले एउटा ताजा अध्ययनमा बताइए अनुसार एक स्मार्टफोनको ब्याट्रीमा कार्बन मोनोअक्साइड समेत गरि १०० भन्दा बढी ग्यास निक्लिन्छ अध्ययन अनुसार फोन धेरै तात्नु र लोकल चार्जरबाट चार्ज गर्नु खतरनाक हुन्छ ।

२०००० ब्याट्रीमा अध्ययन

अध्ययनकाे समयमा २०००० लीथियम ब्याट्रीमा टेस्ट गरिएको थियो । यो क्रममा पाइएको तथ्य अनुसार तपाइ कुनै बन्द स्थानमा हुनु हुन्छ लगातार कार्बन मोनोअक्साइड जस्तो घातक ग्यास निक्लन्छ । साथै यस्तोमा मोबाइल अोभर चार्ज गर्दा पड्कने खतारा उनिकै हुन्छ ।
अध्ययन कर्तका अनुसार अाजभोली धेरै देशमा इलोक्ट्रीक साधन देखि मोबाइल उपकरणमा लीथियम अायन ब्याट्रीलाई प्रोत्साहन गरिएको छ । यस कारण अब अाउने समस्याको लागि जुध्न नयाँ पुस्ता तयार रहनु पर्ने हुन्छ ।

लीथियम ब्याट्री प्रयोगमा रोक

शोधकर्ताहरुले यस्ता ब्याट्री प्रयोग नगर्न सुझाव दिएका छन । तर अाजभोली धेरै देशमा इलोक्ट्रीक साधन देखि मोबाइल उपकरणमा लीथियम अायन ब्याट्री प्रयोग भएको छ । अर्थात लीथियम अायन ब्याट्रीको प्रयोग बढी नै छ । यो चिन्ताको बिषय बन्दै गएको छ । तर अझै पनि गहिराइमा पुगेर यसले पार्ने असरको बारेमा अध्ययन हुन जरुरी रहेको शोधकर्ताहरु नै बताउछन ।

यसरी बच्नुस
मोबाइलको ब्यट्री तात्नेक्रम बढे यसको प्रयोग नै नगर्नुस्
कहिले पनि मोबाइलको ब्याट्री फुल चार्ज नगर्नुस्
सुत्ने बेला मोबाइल चार्चबाट हटाउनुस्
ब्याट्रीलाई पटक पटक चार्ज नगर्नस्
मोबाइल फोन अोर्जिनल चार्जको मात्र प्रयोग गर्नुस्
USB वा डाटा बै‌ंकबाट मोबाइल चार्ज गर्दै नगर्नुस्

-एजेन्सीको सहयोगमा

प्रकाशित : २७ श्रावण २०७४, शुक्रबार ०५:५१